← समाचारमा फर्कनुस्
Football Feb 25, 2026 · Swadesh

बोडो, एटलेटिको, न्युकासल र लेभरकुजन अन्तिम १६ मा

बोडो, एटलेटिको, न्युकासल र लेभरकुजन अन्तिम १६ मा

बोडो/गिल्म्टले मंगलबार युरोपेली च्याम्पियन्स लिग नकआउट चरण प्ले अफको दोस्रो लेगमा इन्टर मिलानलाई २–१ ले हराउँदै प्रतियोगिता अन्तिम १६ मा प्रवेश गरेको छ । यो जितपछि नर्वेली क्लबलाई समग्रमा ५–२ को अग्रता लिएको हो ।


यो नतिजालाई युरोपेली च्याम्पियन्स लिगको आधुनिक इतिहासकै सबैभन्दा स्तब्धपूर्ण र अविश्वसनीय नतिजा मानिएको छ । सानसिरोमा भएको खेलमा बोडोका लागि जेन्स पिटर हग र हाकोन इभजेनले एक एक गोल गरे ।


इन्टरका तर्फबाट एलेसान्ड्रो बास्टोनीले एक गोल फर्काए । तीनै गोल दोस्रो हाफमा भएका हुन् । एटलेटिको म्याड्रिड, न्युकासल युनाइटेड र बायर लेभरकुजन पनि अन्तिम १६ पुगेका छन् ।



यसका लागि एटलेटिकोले क्लब ब्रुगलाई ४–१ र न्युकासलले कोराबागलाई ३–२ ले हरायो । त्यस क्रममा एटलेटिकोले समग्रमा ७–४ र न्युकासलले समग्रमा ९–३ को अग्रता लिएको हो । लेभरकुजनले भने ओलम्पियाकोजसँग गोलरहित बराबरी खेल्यो र २–० ले अगाडि रह्यो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →