← समाचारमा फर्कनुस्
एनकेएलमा बिराटनगर ब्यान्डिट्सको विजयी सुरुआत

काठमाडौँ । बिराटनगर ब्यान्डिट्स पहिलो संस्करणको नेपाल कबड्डी लिग (एनकेएल)मा विजयी सुरुआत गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा शनिबार भएको दिनको पहिलो खेलमा बिराटनगरले धनगढी वाइल्डक्याट्सलाई ४६–३४ ले पराजित गरेको हो। जितसँगै बिराटनगरले पाँच अंक जोडेको छ।
बिराटनगरले खेलको सुरुआतदेखि नै अग्रता लिएको थियो। धनगढी पहिलो हाफमै दुईपटक अलआउट भएको थियो। सात मिनेटमै ११–६ हुँदा धनगढी पहिलोपटक अलआउट भयो। त्यसपछि २३–१४ मा पुन धनगढी अलआउट भयो।
पहिलो हाफमा २४–१६ को अग्रता बनाएको बिराटनगरले खेलमा आफ्नो अग्रता फरकिलो बनाउँदै अघि बढ्दै खेलमा ४६–३४ को फारकिलो जित हासिल गर्यो।
यसैगरी आजै हुने दोस्रो खेलमा हिमालयन रेइडर्स र जनकपुर नाइट्सको भिड्ने छन्।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |