← समाचारमा फर्कनुस्
Other Sports Oct 03, 2024 · Swadesh

बिक्रम र सृर्जना कप्तान

बिक्रम र सृर्जना कप्तान

काठमाडौं । एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी–२०२४ नेपाली टोलीको कप्तानी बिक्रम पुरी र सिर्जना राईले गर्ने भएका छन्।

एसिया रग्बी आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा असोज १८ र १९ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा प्रतियोगिता हुन लागेको हो। सोही प्रतियोगिताका लागि रग्बी संघले बुधबार पुरुषतर्फ बिक्रमलाई र महिलातर्फ सिर्जना कप्तानी जिम्मेवारी दिएको हो।

महिलातर्फ आशा कुँसार, पुनम भुजेल श्रेष्ठ, सुस्मिता क्षेत्री, अनु शेर्पा, विशाखा मार्किन राई, रोजिना पोखरेल, विनीता शाही ठकुरी, सुजा राई, मनीषा थापामगर, कमला राई र सिर्जना राई टोलीमा परेका छन्। 

संगिता घिसिङ, सावित्री पुर्जा, सिर्जना छन्त्याल र अप्सरा कार्कीलाई भने वैकल्पिकमा राखिएको छ । 

यता, पुरुषतर्फ विवेश बासु, सविन महत, क्याल्भिन जोशी, विराट श्रेष्ठ, यदु अधिकारी, निरोज कार्की, विक्रम पुरी, नवीनबहादुर मगर, गणेश बानियाँ, रोहन डंगोल, विजय खड्का र कपिल ठकुरी टोलीमा समेटिएका छन्। 

विनोदबहादुर शाही, मशेष सुनार, सञ्जय अधिकारी र प्रमेश चौधरीलाई भने वैकल्पिकमा राखिएको छ । 

प्रतियोगितामा एसियाका १७ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन्। नेपालमा एसियाली स्तरको सिनियर रग्बी प्रतियोगिता हुन लागेको यो पहिलोपल्ट हो। यस प्रतियोगिताका लागि नेपाली महिला तथा पुरुष टोलीले पछिल्लो तीन महिनादेखि पोखरामा तयारी गरिरहेको थियो।

च्याम्पियन महिला तथा पुरुष टोलीले एसिया रग्बीको ट्रफीसहित स्वर्ण पदक, दोस्रो हुनेले रजत र तेस्रो हुने टोलीले कांस्य पदक प्राप्त गर्नेछन्। यो प्रतियोगिता २०२५ मा हुने एसिया रग्बी सेभेन्स सिरिजको छनोटको रूपमा समेत रहेको छ। प्रतियोगिताको विजेताले २०२५ मा हुने एसिया रग्बी सेभेन्स सिरिजमा स्थान बनाउने छन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →