हिसान दौडमा विकेश र हृदय पहिलो

काठमाडौं, जेठ २२ गते । पिनाकल कलेजका विकेश घिमिरे र जय मल्टिपलकी हृदय राई प्रथम हिसान दौडमा सोमबार पहिलो भएका छन् । ब्वाइजमा विकेश र गल्र्समा हृदय ४ किलोमिटर दूरीको दौडमा पहिलो भएका हुन् ।
विश्व वातारण दिवसका अवसरमा आयोजित दौडको गल्र्समा कलेज अफ सेन्ट्रल स्टेटकी अस्मिता तामाङ दोश्रो तथा भेनसकी सुकलामो तामाङ तेश्रो स्थानमा रहे । कलेज अफ सेन्ट्रल स्टेटकी पवित्रा गिरी, सेन्ट लरेन्सकी सुस्मिता राई र जुबिलियन्टकी चाँदनी विष्टले क्रमशः चौथोदेखि छैटौं स्थानमा दौड टुंगाए ।
ब्वाइज÷गल्र्स दुवैमा पहिलो हुनेले १५ हजार, दोश्रोले १० हजार र तेश्रो हुनेले ५ हजार नगर पुरस्कार हात पारे । चौथोदेखि छैटौं हुनेले सान्त्वना स्वरुप जनही १ हजार नगद पुरस्कार प्राप्त गरे ।
विजेतालाई युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बू, हिसानका केन्द्रीय वरिष्ठ उपाध्यक्ष युवराज शर्मा, हिसान काठमाडौंका अध्यक्ष शिवप्रसाद अधिकारीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
दौडमा करिब ३ सय प्रतिस्पर्धीले सहभागिता जनाएको हिसान काठमाडौंका कोषाध्यक्ष प्रकाश श्रेष्ठले जानकारी गराए । ‘लेट्स रन टुगेडर फर इन्भाइरोमेन्ट’ नाराका साथ आयोजित दौड थापाथलीस्थित ट्रेड टावरबाट सुरु भइ विभिन्न भागको परिक्रमा गरी ट्रेड टावरमै आएर टुंगिएको थियो । दौडको उद्घाटन पनि खेलकुद मन्त्री लिम्बूले गरेका थिए ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |