← समाचारमा फर्कनुस्
Other Sports Sep 22, 2024 · Swadesh

अन्तर्राष्ट्रिय चेसमा नेपालका विवेक उप-विजेता

अन्तर्राष्ट्रिय चेसमा नेपालका विवेक उप-विजेता

बुढापेष्ट ।  यूरोपको हंगेरि स्थित बुढापेष्टमा भइरहेको प्रतिष्ठित ओलम्पिक रिङ्स एक्स्पो क्लासिक अन्तर्राष्ट्रिय खुल्ला बुद्धिचाल प्रतियोगितामा विवेकले उत्कृष्ट प्रदर्शन गरेका छन्। नेपालका विवेक थिङ्ले अन्तिम चरणको खेलमा हंगेरिका अन्तर्राष्ट्रिय खेलाडी टोरोक तामोसलाई पराजित गरेका छन्। यससँगै नेपालका सिएम विवेक थिङले नौ चरणको खेलवाट ८ अंक प्राप्त गर्दै दोश्रो स्थानमा प्रतियोगिताको अन्त्य गरेका छन्। उनले ३ सय यूरो पुरस्कार प्राप्त गरेका छन्। 

 विश्वका बिकसित राष्ट्रहरु अमेरिका, जर्मनी, डेनमार्क, हंगेरि, नाइजेरिया, पेरु, रोमानिया, यूएई, युक्रेन, घाना, इटलि र नेपालका २८ अन्तर्राष्ट्रिय खेलाडीहरूको विच कडा प्रतिस्पर्धा भएको खेलमा नेपालका विवेक थिङले देशको झण्डालाई सम्मान दिलाउन सफल भएका छन्।

“नेपाल बुद्धिचाल महासंघले हंगरिको खेलमा सहभागी हुने मौका दिएको हो “ मैले राष्ट्रको लागि खेलेर दोश्रो स्थान प्राप्त गर्न सफल भएँ। हामी खेलाडीहरुलाई थोरै भएपनि राज्यले लगानी गरिदिए जस्तोसुकै खेलमा राम्रो परिणाम ल्याउन सकिन्छ भन्ने आत्म विश्वास छ। विवेकले बुढापेष्टवाट पदक जितेपछि भने। 

म यो जित मेरो आमाबुबामा समर्पित गर्न चाहन्छु। चेस ओलम्पियाड सबैभन्दा बलियो चेस प्रतियोगिता हो। नेपालले भिसाका कारण सहभागी हुन सकेन, म मेरो टिमसँग ओलम्पियाड खेल्न नपाएर दुखि छु। महासंघले कुन‌ न कुनै तरिकाले क्षतिपूर्ति दिलाउने छ भन्ने विश्वास लिएको छु। 

अन्तर्राष्ट्रिय प्रतियोगिताको तेश्रो चरणमा विवेकले पराजित गरेका हंगेरियन आईएम मेस्जारोस् आन्द्रासले समान ८ अंक बटुल्दै बुकोल्ज र प्रोग्रेसिभ अंक ३७.५ को आधारमा विजेता बनेका छन्। विवेकको ३६.५ प्रोग्रेसिभ अंक रहेको छ। विजेताले ३ सय ७५ यूरो पुरस्कार हात पारेका छन्।

बुढापेष्टको स्पोर्ट्स हलमा सेप्टेम्बर १२ देखि  सञ्चालन भएको ओलम्पिक रिङ्स एक्स्पो क्लासिक चेस २१ सेप्टेम्बर सम्म जम्मा ९ चरणको खेल सञ्चालन भएको हो। स्विस मानेजर सफ्टवेयर प्रयोग भएको स्पर्धामा क्लासिकल ९० मिनेट ३० सेकेण्ड इन्क्रिजमेण्ट समय रहेको थियो । बुकोल्ज कट वान र  कट टु , बर्गर सोनेबर्न र प्रोग्रेसिभ नियम लागु गरिएको स्पर्धा अन्तर्राष्ट्रिय निर्णायक जेडसल्ट कोर्पिक्सले सम्पन्न गरेका छन्। 

नेपाली खेलाडी क्याण्डिडेड मास्टरको विवेकको अन्तर्राष्ट्रिय रेटिङ २२८२ रहेको छ । उनले यस खेलवाट १७  रेटिङ वृद्धि गर्दै आफ्नो २२९९ क्लासिकल रेटिङ बनाउन सफल भएका छन्। उनको यसै प्रतियोगिता मार्फत २३५२ रेटिङ पर्फोमेन्सको खेल खेल्दै चौथो चरणमा २३०० रेटिङ छुन सफल भएका थिए। अब विवेकले विश्व बुद्धिचाल महासंघमा एप्लाई गरेपछि रेटिङका आधारमा नेपालका पहिलो फिडे मास्टरको उपाधि प्राप्त गर्ने भएका छन्। 

 विश्व बुद्धिचाल महासंघको आधिकारिक कुनै एक प्रतियोगिता मार्फत ६६% अंक जोडेर यस अघि मनिष हमाल, बिलमलाल श्रेष्ठ, सुजेन्द्र प्रसाद श्रेष्ठ, रुपेश जैसवालले एफएम टाइटल प्राप्त गरिसकेका छन्। 

अष्ट्रेलियावाट हंगेरि पुगेका एक मात्र नेपाली खेलाडीले यूरोपियन भूमिमा राम्रो खेल पस्केर बुद्धिचाल खेलमा सम्भावना जगाएका छन्। प्रतियोगितामा पहिलो हुनेले ३ सय ७५ यूरो , दोस्रोले ३ सय यूरो, तेस्रोले २ सय ५० यूरो, चौथोले १ सय ७५ यूरो , पाँचौ हुनेले १ सय २५ यूरो पुरस्कार प्राप्त गरेका छन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →