TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Martial Arts Oct 27, 2025 · Swadesh

भूपेन्द्रलाई अमेरिकामा ३ पदक

भूपेन्द्रलाई अमेरिकामा ३ पदक

काठमाडौं, कात्तिक १० गते ।
भूपेन्द्र गुरुङले विश्व खुला मार्सल आर्ट्स च्याम्पियनसिपमा ३ पदक जितेका छन् । अमेरिकाको बोस्टनमा अक्टोबर २६ तारिखमा भएको प्रतियोगितामा भूपेन्द्रले ३ फरक स्पर्धामा २ स्वर्ण र १ रजत पदक जितेका हुन् ।


वल्र्ड फाइटिङ मार्सल आर्ट्स फेडरेसनको आयोजनामा भएको प्रतियोगितामा भूपेन्द्रले ताइची छ्वान ओपन ह्यान्ड र छाङ छ्वानमा स्वर्ण जिते । उनले ताइची छ्वान ओपन ह्यान्डमा ९.५ अंक र छाङ छ्वानमा ९.०३३ अंक जोड्दै स्वर्ण चुमे । ताइची छ्वान सर्ट वेपनमा रजत जितेका भूपेन्द्रले ९.२ अंक बटुले । तीनै स्पर्धाको पूर्णाङक १० थियो ।


यसअघि उनले अमेरिकाको विभिन्न शहरमा भएका ३ प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए । उक्त प्रतियोगितामा भूपेन्द्रले ३ स्वर्ण र ३ रजत पदक जितेका थिए ।


भूपेन्द्रले जर्मनी, युके र थाइल्यान्डमा भएका विभिन्न प्रतियोगितामा पनि पदक जितेका छन् । उनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका पनि निर्वाह गरेका छन् । भूपेन्द्र नेपाल उमा कुङफु संघका उपाध्यक्ष पनि हुन् ।


भूपेन्द्रले राष्ट्रलाई पदक दिलाउन सकेकोमा खुशी व्यक्त गर्दै प्रतियोगितामा सहभागी हुन विशेष सहयोग गरेकोमा टिम व्यवस्थापकको भूमिका निर्वाह गरेका समाजसेवी एवं कलाकार प्रेम गुरुङ, लम्जुङ सेवा समाज, न्युयोर्कका अध्यक्ष गम गुरुङलगायत सम्पूर्ण सहयोगी प्रति आभार व्यक्त गरे ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →