TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Cricket Apr 06, 2026 · Swadesh

चेन्नाइमाथि बेंगलुरुको प्रभावशाली जित

चेन्नाइमाथि बेंगलुरुको प्रभावशाली जित

रोयल च्यालेन्जर्स बेंगलुरुले आइतबार इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा चेन्नाइ सुपर किंग्समाथि प्रभावशाली जित निकाल्नै अंक तालिकाको शीर्षमा उक्लेको छ । लगातार दोस्रो जितका लागि बेंगलुरुले चेन्नाइलाई ४३ रनले हराएको हो । बेंगलुरुमा भएको खेलमा विजयी टिमले पहिले ब्याटिङ गर्दै तीन विकेटमा २ सय ५० रनको स्कोर खडा गरेको थियो ।


त्यसमा टिम डाभिडले नटआउट रहेर २५ बलमा ७० रन जोडे । यस्तै फिल साल्टले ४६, देवदत्त पाडिकलले ५०  र रजत पाटिदारले ४८ रन बनाए । जवाफमा चेन्नाइले १९.४ ओभरमा अलआउट हुन अगाडि २ सय ७ रन मात्र बनाउन सक्यो । त्यसमा सरफराज खानले बनाएको ५० रन नै सर्वाधिक ठूलो स्कोर रह्यो ।


खराव लयमा रहेको चेन्नाइको यो लगातर तेस्रो हार हो र शून्य अंकमा टिम दस टिममध्ये पुछारमा रहेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →