← समाचारमा फर्कनुस्
लेभरकुजनसँग बायर्नको बराबरी

नौ खेलाडीमा सीमित रहेर पनि बार्यन म्युनिकले जर्मन बुंडेसलिगामा बायर लेभरकुजनलाई शनिबार १–१ को बराबरीमा रोकेको छ । लेभरकुजनले एलेक्स गार्सियाको गोलले अग्रता लिएपछि लुइस डियाजले बराबरी गोल गरे ।
रातो कार्डमा मैदान छाड्न बाध्य खेलाडीमा डियाजसँगै निकोलस ज्याक्सन रहे । यो नतिजापछि बायर्न ६७ अंकमा शीर्ष स्थानमै रह्यो र दोस्रोमा रहेको बोरुसिया डर्टमुन्डमाथि नौ अंकको अग्रता हो ।
अर्को खेलमा डर्टमुन्डले असबर्गलाई २–० पराजित गरेको थियो । तेस्रो स्थानमा रहेको होफनहाइनले पनि उल्भ्सबर्गसँग १–१ को बराबरीमा चित्त बुझायो । होफनहाइनको ५० अंक रहेको छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women