TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Mar 22, 2026 · Swadesh

बायर्न उपाधिको नजिक

बायर्न उपाधिको नजिक

बायर्न म्युनिकले शनिबार जर्मन बुंडेसलिगामा युनियन बर्लिनलाई ४–० ले सजिलै पराजित गर्दै उपाधिको नजिक पुगेको छ । लिगमा सात चरणका खेल बाँकी छँदा उसलाई उछिन्ने सम्भावना कम भएको छ ।


उसका लागि सर्गे जियानब्रेले दुई गोल गरे । यस्तै माइकल ओलिस र ह्यारी केनले एक एक गोल गरे । लयमा रहेको केनले यो सिजन बायर्नका लागि ३१ गोल गरिसकेका छन् ।


यो जितपछि बायर्नको ७० अंक भएको छ र यो दोस्रो स्थानमा रहेको बोरुसिया डर्टमुन्डमाथि नौ अंकको अग्रता हो । डर्टमुन्डको ६१ अंक रहेको छ । उसले अर्को खेलमा ह्याम्बर्गमाथि ३–२ को जित हात पार्‍यो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →