← समाचारमा फर्कनुस्
Football Sep 22, 2025 · Swadesh

बार्सिलोनाको प्रभावशाली जित

बार्सिलोनाको प्रभावशाली जित

बार्सिलोनाले स्पेनी ला लिगामा आइतबार गेटाफेमाथि ३–० को प्रभावशाली जित निकालेको छ र यसक्रममा शीर्षमा रहेको रियल म्याड्रिडको दूरी दुई अंकमा कायम राखेको छ । क्याटलान क्लबका लागि फेरान टोरेसले दुई गोल गरे ।


यस्तै डानी ओल्मोले पनि एक गोल गरे । रियलको पाँच खेलबाट १५ अंक छ भने बार्सिलोना १३ अंकमा दोस्रो स्थानमा रहेको छ । शीर्ष चारका अन्य दुई टिममध्ये भिल्लारियल र इस्पनयोललको समान दस अंक छ ।


अर्को खेलमा एटलेटिको म्याड्रिडको सिजनमा खराव फेरि एकपल्ट कायम रह्यो । उसले रियल मार्लोकासँग निराशाजनक १–१ को बराबरी खेल्यो । एटलेटिकोको पाँच खेलबाट छ अंक मात्र रहेको छ र लिग तालिकाको १२ औं स्थानमा रहेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →