← समाचारमा फर्कनुस्
बार्सिलोनाको उत्कृष्ट पुर्नआगमन जित

बार्सिलोनाले दुई गोलले पछाडि रहेको स्थिति उल्टाएर शनिबार स्पेनी ला लिगामा लेभान्टेलाई ३–२ ले हराएको छ । उत्कृष्ट पुर्नआगमन रच्दै बार्सिलोनाले दुई खेलबाट छ अंक पनि बटुलेको छ ।
यसै सिजन माथि उक्लेको लेभान्टेले इभान रोमेरो र जोसे लुइसको गोलले अग्रता लिएको थियो । त्यसपछि पेड्रि तथा फेरान टोरेले बार्सिलोनाका लागि गोल गरे र खेल बराबरीमा रह्यो ।
अन्त्यमा उनाइ इगेगाबालले दोस्रो हाफको इन्ज्युरी समयमा आत्मघाती गोल गरेपछि बार्सिलोना विजयी रहेको हो । अर्को खेलमा एटलेटिको म्याड्रिड इल्चेसँग १–१ को बराबरीमा रोकियो ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |