← समाचारमा फर्कनुस्
Football Sep 01, 2025 · Swadesh

बार्सिलोनालाई बराबरीको धक्का

बार्सिलोनालाई बराबरीको धक्का

च्याम्पियन बार्सिलोनाले स्पेनी ला लिगामा आइतबार पहिलो पटक अंक गुमाएको छ । रायो भालेकानोले उसलाई १–१ को बराबरीमा रोकेको हो । क्याटलान क्लबका लागि गोलरक्षक जोन गार्सियाले शृंखलाबद्ध बचाउ गरेपछि यो बराबरीको नतिजा सम्भव भएको हो ।


बार्सिलोनाले लामिन यामलले पेनाल्टीबाट गरेको गोलको मदतले अग्रता लिएको थियो । तर फ्रान पेरेजले भालेकानोका लागि बराबरी गोल फर्काए । यो नतिजापछि बार्सिलोना सुरुआती अंक तालिकाको चौथो स्थानमा रह्यो । रियल म्याड्रिड र एथलेटिको बिलबाओ तीन खेलबाट नौ अंक बटुलेर शीर्ष स्थानमा छन् ।


बिलबाओले अर्को खेलमा रियल बेटिसलाई २–१ ले पराजित गर्न सफल रह्यो । इस्पनयोलले ओसासुनालाई १–० ले हरायो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →