TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Apr 23, 2026 · Swadesh

बार्सिलोनाको अग्रता नौ अंक

बार्सिलोनाको अग्रता नौ अंक

लामिन यामलले पहिलो हाफमा गरेको गोलमा बार्सिलोनाले स्पेनी ला लिगामा बुधबार सेल्टा भिगोलाई १–० ले हराएर उपाधिको नजिक पुगेको छ । तर यामल खेलकै क्रममा चोट बाक्दै मैदान छाड्न बाध्य रहे ।


उनको निर्णायक गोल भने ४० औं मिनेटमा सम्भव भएको थियो । । यो जितपछि बार्सिलोनाको ३२ खेलबाट ८२ अंक भएको छ र यो दोस्रो स्थानमा रहेको रियल म्याड्रिडमाथि नौ अंकको अग्रता हो । सेल्टा भिगो ४४ अंकमा सातौं स्थानमा रह्यो ।


बुधबारकै अर्को खेलमा गेटाफेले रियल सोसिडाडलाई १–० ले पराजित गर्‍यो । गेटाफे ४४ अंकमै छैटौं स्थानमा छ भने रियल सोसिडाड ४२ अंकमा आठौं स्थानमा छ । यो नतिजाले अर्को सिजन युरोपमा खेल्ने दौड अझ कडा भएको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →