← समाचारमा फर्कनुस्
खेल रद्द भएपछि बंगलादेशी टिम आज फर्कदै

नेपाल र बंगलादेशबीचको दोस्रो अन्तर्राष्ट्रिय खेल रद्द भएसँगै भ्रमणकारी टिम आज मंगलबार स्वदेश फर्कने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार बंगलादेशी टिम विमान बंगलाबाट साँच चार बजेको उडानबाट ढाका जानेछ ।
यसअघि सुरक्षाको कारण देखाएर एन्फाले दोस्रो खेल रद्द गरेको थियो । यही खेललाई लिएर प्रि–म्याच कन्फ्रेन्स समेत आयोजना गरिएको थियो । खेल नहुने भएपछि भरत खवासको अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने कार्यक्रम पनि टुहिएको छ ।
जेन–जेको आन्दोलनपछि देशमा उत्पन्न भएको परिस्थितिबीच सुरक्षा दिन नसक्ने भनेर एन्फाले दोस्रो खेल नगर्ने जनाएको थियो । पहिलो खेल भने गोलरहित बराबरीमा टुंगेको थियो । दोस्रो खेल नहुने भएपछि सिरिजको विजेता चुनिने अवसर पनि गुमेको छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |