← समाचारमा फर्कनुस्
बंगलादेशसँग नेपालको लगातार दोस्रो हार, सकियो उपाधि यात्रा

काठमाडौं। बंगलादेशसँगको लगातार दोस्रो हारसँगै नेपालले साफ महिला यु–१७ च्याम्पियनसिपको उपाधि यात्राबाट बाहिरिएको छ।
भुटानको राजधानी थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा बुधबार सम्पन्न खेलमा नेपाल ४–१ ले पराजित भएको हो। जितसँगै बंगलादेशले ४ खेलबाट ९ अंक पुर्याएको छ। एक खेल कम खेलेको भारतको पनि ९ अंक छ।
नेपालको भने ४ खेलबाट ३ अंक मात्रै छ। नेपाल पहिलो खेलमा भारतसँग ८–० ले पराजित भएको थियो। भुटानसँग २–१ को पुनरागमन जित निकाले पनि बंगलादेशसँग पहिलो लेगमा ३–० ले पराजित हुन पुगेको थियो।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |