← समाचारमा फर्कनुस्
पाकिस्तानलाई हराउँदै बंगलादेश फाइनलमा

काठमाडौं। पाकिस्तानलाई २-० ले हराउँदै दुई पटकको उपविजेता बंगलादेश (साफ) यु-१७ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।
कोलम्बोस्थित ‘कोलम्बो रेसकोर्स स्पोर्टस कम्प्लेक्स’मा बिहीबार सम्पन्न पहिलो सेमिफाइनलमा बंगलादेशले पाकिस्तानलाई २-० ले पराजित गरेको हो।
बंगलादेशको जितमा कप्तान तथा मिडफिल्डर नाजमुल हुदा फैजल र फरवार्ड मोहम्मद ओपु रहमानले गोल गरे।
फैजलले खेलको तेस्रो मिनेटमा बंगलादेशलाई अग्रता दिलाएका थिए। एक मिनेटपछि ओपु रहमानको गोलमा बंगलादेशले दुई गोलको अग्रता लियो। त्यसपछि दुबै टोलीले केही राम्रा अवसर सृजना गरेपनि गोल भने गर्न सकेनन्।
अब फाइनलमा बंगलादेशले सर्वाधिक सफल टोली भारत र नेपालबीचको विजेतासँग खेल्नेछ। साँझ ७ः४५ बजे हुने दोस्रो सेमिफाइनलमा समूह ‘बी’को विजेता भारत र समूह ‘ए’को उपविजेता नेपालले एकअर्कासँग प्रतिस्पर्धा गर्दैछ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |