← समाचारमा फर्कनुस्
Football Sep 11, 2025 · Swadesh

बंगलादेशी फुटबल टिम लिन सेनाको विशेष विमान

बंगलादेशी फुटबल टिम लिन सेनाको विशेष विमान

काठमाडौं– अन्ततः नेपालमा रहेको बंगलादेशी राष्ट्रिय फुटबल टिम बिहीबार ढाका फर्कने भएको छ । बंगलादेशी टिम र काठमाडौंमा रहेका बंगलादेशी पत्रकारलाई लिन त्यहाँको सेनाको विशेष विमान काठमाडौं आएको हो ।


अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार बंगलादेशी सेनाको विमान ११ बजे ढाकातर्फ उड्ने छ । बंगलादेशी फुटबल टिम नेपालविरुद्ध दुई मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल खेल्न काठमाडौं आएको थियो ।


त्यसमध्ये पहिलो खेल मात्र सम्भव भएको थियो र तयसको नतिजा गोलरहित बराबरी रहेको थियो । जेन–जीको प्रदर्शनका कारण मंगलबार हुनु पर्ने खेल भने एन्फाले रद्द गरिएको थियो ।


त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल बन्द गरिएको हुनाले टिम र पत्रकार यहीं रोकिएका थिए । नेपाल र बंगलादेशबीचको खेलको समाचार संप्रेसन गर्न एक दर्जन भन्दा बढी पत्रकार नेपाल आएका थिए ।


AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →