← समाचारमा फर्कनुस्
Football Sep 11, 2025 · Swadesh

बंगलादेश फुटबल टोली विशेष उडानमार्फत सकुशल ढाका पुग्यो

बंगलादेश फुटबल टोली विशेष उडानमार्फत सकुशल ढाका पुग्यो

काठमाडौं। जेनजी प्रदर्शनका कारण काठमाडौंमै अलपत्र परेको बंगलादेश फुटबल टोली विशेष उडानमार्फत सकुशल ढाका पुगेको छ।


बंगलादेश टोली बिहीबार साँझ पौने पाँच बजे कुर्मीटोला सैनिक विमानस्थलमा अवतरण गरेको हो। बंगलादेश वायुसेनाको विशेष फ्लाइटमार्फत टोलीका ३७ खेलाडी, प्रशिक्षक र अधिकारीहरूसँगै नेपालमा खेल कभर गर्न पुगेका १७ जना पत्रकार पनि स्वदेश फर्किएका छन्। 


सेप्टेम्बर ८ मा सुरु भएको जेनजी प्रदर्शनका कारण प्रधानमन्त्री केपी ओली शर्माको सरकार ढलेको थियो। राजधानी काठमाडौंसहित देशका विभिन्न भागमा आगजनी र तोडफोड हुँदा ३० जेनजीले ज्यान गुमाएका थिए। त्यहीबेला बंगलादेशी टोली रहेको होटलनजिकै पनि आगो लगाइएको थियो। 


यस कारण खेलाडीहरू आत्तिएका थिए र तीन दिनसम्म होटलमै थुनिन बाध्य भएका थिए। मानसिक रूपमासमेत उनीहरू दबाबमा परेको बताइएको छ। सेप्टेम्बर ६ मा भएको पहिलो मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो। सेप्टेम्बर ९ मा तय भएको खेल भने एक दिन अगाडि रद्द गरिएको थियो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →