← समाचारमा फर्कनुस्
Football Mar 17, 2026 · Swadesh

बालगोपाल र चेतकुमार सहायक प्रशिक्षकमा नियुक्त

बालगोपाल र चेतकुमार सहायक प्रशिक्षकमा नियुक्त

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)ले हङकङविरुद्ध हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि बालगोपाल साहुखला र चेतकुमार घिमिरे सहायक प्रशिक्षकमा नियुक्त छ।


यस्तै, एन्फाले मदनलाल श्रेष्ठ टीम व्यवस्थापकको जिम्मेवारीमा रहनेछन् भने राजीव कुमार यादव सहायक टोली व्यवस्थापक नियुक्त भएका छन्। पंकज शाहीले प्रदर्शन विश्लेषक ९परफर्मेन्स एनालिस्ट० को भूमिका सम्हाल्नेछन्।




नियुक्त भएका सबै पदाधिकारीलाई एन्फाका महासचिव किरण राईले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा नियुक्तिपत्र प्रदान गरेका हुन्।


नेपालले यही चैत १३ गते (मार्च २६) त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हङकङसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने तालिका छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →