← समाचारमा फर्कनुस्
Other Sports Jun 03, 2025 · Swadesh

कीर्तिमानी धावक मानन्धर सम्मानित

कीर्तिमानी धावक मानन्धर सम्मानित

काठमाडौ। नेपालका कीर्तिमानी धावक तथाओलम्पियन वैकुण्ठ मानन्धर मंगलबारसम्मानित भएका छन्। नेपालको पहिलोसाइकल पसल प्याङ्क बाइकले आफ्नो १००वर्ष पुगेको अवसरमा मानन्धरलाई सम्मानितगरेको हो ।


काठमाडौं महानगरपालिका उपप्रमुख सुनिताडंगोलको प्रमुख आथिथ्य रहेको कार्यक्रममाप्याङ्कले एडिसन साइकल सार्वजनिक समेतगर्‍यो । उपप्रमुख डंगोल र संचालक तिरेकमानन्धरले ओलम्पियन बैकुण्ठ मानन्धरलाईसम्मान गरेका थिए । ओलम्पिन मानन्धरले पनिएक थान प्याङ्क एडिसन बाइक प्राप्त गरेकाछन् ।


मानन्धरको खेलकुदप्रति अथक समर्पण रप्रेरणादायी उपस्थितिको कदर गर्दै प्याङ्ककस्टम बैकुण्ठ मानन्धर २ः१५ः०३ लिमिटेडएडिसन नामक साइकल सार्वजनिक गरेकाछौं,’  संचालक तिरेक मानन्धरले भने ।


यससँगै ओलम्पियन मानन्धर एडिसनसाइकलको सद्भावना दूत नियुक्त भएका छन् ।अब, यो साइकल १०० थान बिक्रीबाट उठेकोफाइदा मानन्धरले पाउनेछन् ।


मानन्धरले सन् १९८७ को दक्षिण एसियालीखेलकुद (साग) को म्याराथन २ घण्टा १५मिनेट ३ सेकेन्डमा पूरा गरेका थिए । ३८वर्षपछि पनि यो कीर्तिमान दक्षिण एसियामातोडिएको छैन ।


सम्मानित भएपछि मानन्धरले भने, ‘योसाइकलबाट आएको रकम मैले आफ्नैसंस्थामा खर्च गर्नेछु र दोस्रो बैकुण्ठ मानन्धरजन्माउने प्रयत्न गर्नेछु’ मानन्धरले भने, ‘योसाइकल मेरो सुविधाको लागि मात्र होयन, सम्मान र सम्झना जोडिएको छ । सम्मानितबनाउनु भएकोमा अत्यन्त कृतज्ञ छु ।’


सन् १९२५ मा अष्ट नारायण मानन्धरले असनकमलाक्षीमा पञ्च नारायण अष्ट नारायणसाइकल पसलको सुरुवात गरेका थिए ।हालसम्म यो पसल असनमा यथावत छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →