धावक मानन्धरलाई उज्ज्वल तारा खेल सम्मान प्रदान

उज्ज्वल तारा स्कुल काँडाघारीले म्याराथुन धावक बैकुण्ठ मानन्धरलाई २५ हजार नगद राशीसहितको ‘उज्ज्वल तारा खेल सम्मान—२०८०’ प्रदान गरेको छ ।
विद्यालयले गत असोज ८ गते घोषणा गरेको १५ हजार ५५५ रुपैयाँको राशीमा अरु ९ हजार ४४५ रुपैयाँ थपेर २५ हजार रुपैयाँ सहितको सो सम्मान ‘उज्ज्वल तारा दशैं रन फर गुड हेल्थ’ को सातौं संस्करणकोे अवसरमा शनिबार धावक मान्धरलाई प्रदान गरिएको हो ।
विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष गायत्री कार्की, विद्यालयका सल्लाहकार एवम् नेपाली सेनाका महासेनानी विष्णु कार्की तथा कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले धावक मानन्धरलाई २५ हजार नगद तथा सम्मानपत्रबाट सम्मान गरेका हुन् ।
सातौं संस्करणको ‘उज्ज्वल तारा दशैं रन फर गुड हेल्थ’ को शनिबार विहान धावक मानन्धरले उद्घाटन गरेका थिए भने वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला, कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्की तथा स्थानीय वडाध्यक्षहरु सहभागी थिए ।
विद्यालयले विगत ७ वर्षदेखि हरेक वर्ष ५ किलोमिटर दुरीको दौड आयोजना गर्दै आएको र यसलाई राष्ट्रियस्तरको दौडको रुपमा स्थापित गर्ने योजना रहेको दौडका संयोजक एवम् नेपाली सेनाका महासेनानी विष्णु कार्कीले बताए ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |