← समाचारमा फर्कनुस्
Other Sports Jun 11, 2025 · Swadesh

बागमतीलाई स्क्वासको महिला टिम इभेन्टमा उपाधि

बागमतीलाई स्क्वासको महिला टिम इभेन्टमा उपाधि

काठमाडौँ, जेठ २८ गते । १३ औँ एनएसआरए राष्ट्रिय स्क्वास प्रतियोगताको महिला टिम इभेन्टको उपाधि बागमती प्रदेशले जितेको छ ।

नेपालका नम्बर एक विपना ब्लोन र नम्बर दुई स्वस्थानी श्रेष्ठ सामेल बागमती कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशलाई समान ३–० ले हराएर समूहको शीर्ष स्थानमा रहेर च्याम्पियन बनेको हो । चार प्रदेश सहभागी महिला टिम इभेन्टमा सबैले एकअर्कासँग खेलेपछि शीर्ष स्थानमा रहने टिमले उपाधि जित्ने प्रावधान रहेको छ । महिला टिम इभेन्टमा रजत र काश्य पदकको छिनोफानो हुन भने बाँकी छ ।

कोशी प्रदेशविरुद्धका खेलमा बागमतीका लागि स्वास्थानीले डोल्मा तामाङलाई ११–८, ११–५ र ११–४, विपनाले रचना प्रजालाई ११–४, ११–५ र ११–४ तथा अस्मिता नगरकोटीले तारादेवी गुरुङलाई ११–३, ११–१ र ११–२ ले पराजित गरे । यसैगरी गण्डकीविरुद्ध तीन खेल जित्ने क्रममा स्वस्थनीले रेसना महर्जनलाई ११–३, ११–५ र ११–३, विपनाले समीक्षा खाँडलाई ११–२, ११–२ र ११–५ तथा अस्मिताले नियुक्ती श्रेष्ठलाई ११–१, ११–५ र ११–६ ले हराए । कर्णालीविरुद्धको खेलमा स्वस्थानीले भगवती जिसीलाई ११–२, ११–१ र ११–३, विपनाले प्रतीक्षा प्रजालाई ११–३, ११–५ र ११–५ तथा साक्षी सुनुवारले अर्पणा प्रजालाई ६–११, ११–७, ११–६ र ११–३ ले निराश बनाए ।

यसैगरी गण्डकी प्रदेशले कोशी प्रदेशलाई २–१ ले हरायो । गण्डकीकाका लागि नियुक्तीले कृषा राईलाई ११–२, ११–१ र ११–३ तथा रेनेशाले डोल्मालाई १५–१३, ११–४ र ११–२ ले पराजित गरे । कोशीकी रचनाले भने गण्डकीकी समीक्षालाई ११–७, १२–११ र १४–१२ ले हराएकी थिइन् । 

नेपाल स्क्वास र्याकेट्स संघको आयोजनामा भएको प्रतियोगितामा पुरुष टिम इभेन्टमा बागमती प्रदेश र कोशी प्रदेश फाइनलमा पुगेका छन् । बुधबार भएको सेमिफाइनलमा बागमतीले मधेश प्रदेश र कोशीले प्रदेशले लुम्बिनी प्रदेशलाई समान २–१ ले हराए ।

सातदोबाटोस्थिति नेपाल स्क्वास संघको एकेडमी हलमा भएको सेमिफाइनलमा बागमतीका लागि राकेश परियार र प्रज्वल प्रधानले जित हात पारे । राकेशले सञ्जीव थापा मगरलाई १२–१०, ९–११, ११–८ र ११–० तथा प्रज्वलले हेलिस घिसिङलाई ११–६, ११–६ र ११–४ ले हराए । पहिलो खेलमा भने मधेशका दिपक थापाले बागमतीका पासाङ ब्लोनलाई ३–११, १२–१०, १३–१ १र ११–५ ले पराजित गरेका थिए ।

ऋर्को सेमिफाइनलमा सुदीप बहादुर सिंहले कोशीका नैनबहादुर मगरलाई पाँच सेट लम्बिएको खेलमा ४–११, ११–५, १२–१४, ११–७ र ११–९ ले हराएर लुम्बिनीलाई अगाडि पारेका थिए । तर त्यसपछिका दुई खेलमा सुर्य कुमार राईले गौरव कटवाललाई ११–७, ११–५, ९–११ र १३–११ तथा खेमराज राईले यम रानालाई ११–६, ११–७, ४–१ १र ११–४ ले हराएर कोशी प्रदेशलाई फाइनलमा पुर्याए ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →