← समाचारमा फर्कनुस्
Other Sports Jun 20, 2025 · Swadesh

बागमती प्रदेश बिच महिला रग्बी सुकुटेमा हुने

बागमती प्रदेश बिच महिला रग्बी सुकुटेमा हुने

काठमाडौं। प्रथम बागमती बिच रग्बी महिला प्रतियोगिता असार ८ गतेदेखि सुरु हुने भएको छ।

 नेपाल रग्बी संघले अन्तराष्ट्रिय ओलम्पिक दिवसको अवसरमा प्रतियोगिता गर्न लागेको हो। संघका प्रवक्ता तथा कोषाध्यक्ष दीपक अधिकारीका अनुसार प्रतियोगिता असार ८ र ९ गते हुन्छ।

बागमति प्रदेश खेलकुद विकास परिषद् साथै राष्ट्रिय खेलकुद परिषद्को सहयोग र बागमति प्रदेश रग्बी संघको व्यवस्थापनमा सिन्धुपाल्चोक जिल्लास्थित सुकुटेमा नेपालमा नै पहिलो पटक प्रतियोगिता हुन लागेको हो।

प्रतियोगितामा कर्णाली, बागमती र मधेश प्रदेशले सहभागिता जनाउने छन्। यस्तै, राष्ट्रिय स्तरका गोर्खाली रग्बी क्लब, नेपाल महिला रग्बी क्लब र सिन्धुपाल्चोक रग्बी क्लब गरी कुल ६ वटा महिला टिमको सहभागितामा जनाउने छन्। यस प्रतियोगिता लिगको आधारमा खेलाइनेछ। 

प्रतियोगिताको अनुमानित लागत  १३ लाख रूपैयाँ रहेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →