पुलिसलाई बागमतीको प्रतिस्पर्धात्मक लक्ष्य

काठमाडाैं। प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले विभागीय टाेली नेपाल पुलिस क्लबलाई २६६ रनकाे लक्ष्य प्रस्तुत गरेकाे छ।
माथिल्लाे मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ थालेकाे बागमतीले ४९ २ ओभरमा सबै विकेट गुमाएर २६५ रनकाे प्रतिस्पर्धात्मक योगफल तयार पारेको छ। शान पाण्डे र पवन थापाले चौथो विकेटका लागि १२४ रनको शतकीय साझेदारी गरेका थिए।
बागमतीका लागि इशान पाण्डेले ८० बलमा ७० रनको उत्कृष्ट इनिङ्स खेले भने पवन थापाले १०१ बलमा ७९ रन जोड्दै टोलीलाई मजबुत स्थितिमा पुर्याए। सुरुआती क्रममा आशुतोष घिरैयाँ (२२), शुभ कंसाकार (१४) र शिवम तिवारी (१२) ले सामान्य योगदान दिए। मध्यक्रममा विवेक मगर (७), उत्तम मगर (२१) र प्रतिश जिसी (५) ले सानो–सानो योगदान गरे। कप्तान सन्दीप लामिछानेले १२ बलमा १३ रन बनाए।
अतिरिक्ततर्फ बागमतीले १७ रन प्राप्त गर्यो।
बलिङतर्फ पुलिसका राशिद खान र दिनेश खरेलले समान ३ विकेट हात पारे। भने करण केसीले २, ललित राजवंशीले १ विकेट लिए।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women