← समाचारमा फर्कनुस्
Other Sports Oct 02, 2024 · Swadesh

बागमती ई स्पोर्ट्स च्याम्पियनसिप भरतपुरमा

बागमती ई स्पोर्ट्स च्याम्पियनसिप भरतपुरमा

काठमाडौं । बागमती ई स्पोर्ट्स राष्ट्रिय च्याम्पियनसिप चितवनको भरतपुरमा आयोजना हुने भएको छ। 

ई स्पोर्ट्स संघ नेपाल (ईशान) को वार्षिक क्यालेन्डर अनुसार बागमती च्याम्पियनसिप कात्तिक ९ र १० गते भरतपुरमा सञ्चालन गर्ने निर्णय भएको हो।

बागमती च्याम्पियनसिपमा पब्जी मोबाईल, मोबाईल लिजेण्ड्स, अनर अफ किंंग्स र ई फुटबल गरी चार खेललाई समावेश गरिएको छ। खेलाडी दर्ता मंगलबारबाट सुरु भएको आयोजक संस्था ई स्पोर्ट्स संघ नेपालले जनाएको छ।

प्रतियोगितामा नेपालभरबाट खेलाडी र टिमले सहभागी हुन पाउने ईशानका सचिव आशिष दाहालले जानकारी दिए। दशैं लगत्तै छनोट खेल र कात्तिक ९ र १० मा ल्यान ईभेन्ट सञ्चालन गर्ने तालिका रहेको दाहालले बताए।

प्रतियोगिताका च्याम्पियन टिम र खेलाडीले ईशानको राष्ट्रिय च्याम्पियनसिपको फाइनल चरणमा स्थान बनाउनेछन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →