← समाचारमा फर्कनुस्
बागमती सेमिफाइनलमा

काठमाडौं । प्रथम सहाना प्रधान स्मृति यू–१९ पुरुष तथा महिला भलिबल प्रतियोगितमा बागमती प्रदेश सेमिफाइनलमा प्रवेश गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बुधबार सम्पन्न खेलमा पुरुषतर्फ कर्णाली प्रदेशलाई ३-० सेटमा पाखा लगाउँदै बागमती अन्तिम चारमा प्रवशे गरेको हो।
पहिलो सेट ३०-२८, २५-२३ र २५-१७ ले आफ्नो पक्षमा पारेको थियो।

योसँगै बागमती लगातार दोस्रो जित हासिल गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ। बागमतीले पहिलो खेलमा मधेश प्रदेशलाई ३–० को सेटमा पराजित गरेको थियो। यता, कर्णाली पहिलो खेलमा सुदूरपश्चिमसँग पराजित भएको थियो। पराजित कर्णाली भने प्रतियोगिताबाट बाहिरिएको छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |