बागमती र लुम्बिनी उपाधिका लागि भिड्ने

काठमाडौं । प्रथम सहाना प्रधान स्मृति यू–१९ पुरुष तथा महिला भलिबल च्याम्पियनसिपको महिलातर्फ उपाधिका लागि बागमती प्रदेश र लुम्बिनी प्रदेश भिड्ने भएका छन्।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शुक्रबार सम्पन्न महिलातर्फको दोस्रो सेमिफाइनल खेलमा कोशी प्रदेशलाई बागमतीले ३-० को सेटमा पराजित गरेको हो।
बागमतीले २५-१८, २५-६ र २५-९ को सेटमा सहज जित हासिल गर्यो।
जितसँगै बागमती उपाधि नजिक पुगेकाे छ। बागमतीले समूह चरणको सबै खेल जितेको थियो। बागमती समूह बी मा शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो भने कोशी समूह ए बाट उपविजेता रहँदै सेमिफाइनलमा प्रवेश गरेको थियो।
बागमतीले अब उपाधिका लागि शनिबार लुम्बिनी प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ भने कोशी तेस्रो स्थानको लागि गण्डकीको सामना गर्नेछ।
यसअघिको खेलमा लुम्बिनीले गण्डकीलाई ३-० को सोझो सेटमा हराउँदै फाइनल प्रवेश गरेको थियो।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |