← समाचारमा फर्कनुस्
Other Sports Feb 18, 2024 · Nepalsports

बगदाद जाने आर्चरी टोलीको बिदाइ

बगदाद जाने आर्चरी टोलीको बिदाइ

काठमाडौं– नेपालका तीन महिला खेलाडीले इरानको बगदादमा हुने आर्चरीको एसिया कप २०२४ स्टेज–वानमा भाग लिने भएका छन् । प्रतियोगिता मंगलबारदेखि छ दिनसम्म हुनेछ र यो विश्व वरीयताको प्रतियोगिता रहेको छ ।

सहभागी हुने खेलाडीमा अंशुका शेरचन, गंगा तुम्बापो र तुल्सी थापा रहेका छन् । टिमको प्रशिक्षकको भूमिकामा दीपकराज गुरुङ रहेका छन् । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले एक समारोहबीच आइतबार टिमको बिदाइ गरे ।

त्यस अवसरमा अध्यक्ष श्रेष्ठले खेलाडीलाई राम्रो प्रदर्शनका लागि शुभकामना व्यक्त गरे । पेरिस ओलम्पिक्सका लागि जुलाईमा आर्चरीको छनोट हुनेछ र त्यस अगाडि यो प्रतियोगिता त्यसको तयारीमा रूपमा रहनेछ ।

त्यस कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका सदस्य तथा नेपाल आर्चरी संघका महासचिव रमेश सिवाकोटी र संघका सचिव योगेन्द्र श्रेष्ठको पनि उस्थिति थियो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →