भगवतीमाथि फ्रेन्ड्सको जित

काठमाडौं। एन्फा राष्ट्रिय लिगमा फ्रेन्ड्स क्लबले श्री भगवती क्लबमाथि जित दर्ता गरेको छ।
त्रिपुरेश्वस्थित दशरथ रंगशालामा सोमबार सम्पन्न खेलमा फ्रेन्डले भगवतीलाई २–० ले पराजित गरेको हो।
फ्रेन्ड्सको जितमा प्रसान्त लक्सम एक गोल गर्दा अर्को गोल उपहार पाएको थियो। भगवतीका विश्वस चौधरीले आत्माघाती गोल गरे।
खेलको ६०औं मिनेटमा प्रसान्तको गोलबाट फ्रेन्ड्सले सुरुआती अग्रता बनाएको थियो। खेलको ९०औं मिनेटमा उपहार गोलबाट फ्रेन्ड्सले जित दर्ता गर्न सफल भयो।
यो जितसँगै फ्रेन्ड्सले जारी लिगमा ९ खेलबाट ९ अंक जोडेको फ्रेन्ड्स १०औं स्थानमा उक्लिएको छ। समान बेलबाट पाँचौं हार ब्यहोरेको भगवती ८ अंकसहित १२औं स्थानमा झरेको छ।
यस्तै, आजै हुने दोस्रो खेलमा शीर्ष स्थानको एपीएफ क्लब र प्लानिङ ब्वाइज युनाइटेड खेल्नेछन् भने तेस्रो खेलमा नेपाल पुलिस र त्रिभुवन आर्मी क्लब खेल्नेछ।
जारी लिगमा आठ खेलबाट २० अंकसहित एपीएी शीर्ष स्थानमा रहँदा ९ खेलबाट १९ अंकसहित चर्च ब्वाइज दोस्रो तथा मच्छिन्द्र क्लब तेस्रो स्थानमा छ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |