← समाचारमा फर्कनुस्
Volleyball Jun 29, 2024 · Swadesh

लुम्बिनीलाई सोझो सेटमा हराउँदै बागमती च्याम्पियन

लुम्बिनीलाई सोझो सेटमा हराउँदै बागमती च्याम्पियन

काठमाडौं । प्रथम सहाना प्रधान स्मृति यू–१९ पुरुष तथा महिला भलिबल च्याम्पियनसिपको महिलातर्फ उपाधि बागमती प्रदेशले जितेको छ। 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिबार सम्पन्न महिलातर्फको फाइनल खेलमा बागमतीले लुम्बिनी प्रदेशलाई ३-० को सोझो सेटमा पराजित गरेको हो।

बागमतीले २५-२१, २५-१६ र २५-१८ को सेटमा सहज जित हासिल गर्यो।

उपाधिसँगै बागमतीले नगद तीन लाख प्राप्त गरेको छ। पराजित लुम्बिनीले भने दुई लाखमा चित्त बुझायो। बागमतीले समूह चरणको सबै खेल जितेको थियो। बागमती समूह बी मा शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो। बागमतीले सेमिफाइनलमा  समूह ए बाट उपविजेता बनेको कोशी प्रदेशलाई ३-० को सेटका पराजित गर्दै फाईनलमा पुगेको थियो। 

यता, लुम्बिनीले भने गण्डकीलाई ३-० को सोझो सेटमा हराउँदै फाइनल प्रवेश गरेको हो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →