← समाचारमा फर्कनुस्
Other Sports Aug 03, 2025 · Swadesh

बद्रीलालले जिते युनाइट नेपाल चेस उपाधि

बद्रीलालले जिते युनाइट नेपाल चेस उपाधि

१८ साउन, काठमाडौं।

सिनियर चेस खेलाडी मोहन सिंह प्रधानको प्रायोजनमा ५० वर्ष माथिका बयालिस प्रतिस्पर्धि राष्ट्रिय खेलाडीहरु बिच एक दिने युनाइट नेपाल ब्लिट्ज चेस प्रतियोगिता सम्पन्न भएको छ।

काठमाडौँको शंखमुल स्थित नेचर हर्बस् सभाहलमा सञ्चालन भएको ७ चरणको खेलमा तीनपटकका पूर्व नेपाल च्याम्पियन बद्रीलाल नेपालीले उपाधि जित्न सफल भएका छन्। 

समापन तथा पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथि नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जनले ललितपुरका बद्रीलाल नेपालीलाई ट्रफी, प्रमाणपत्र तथा नगद पुरस्कार वितरण गरेका छन्।

प्रतिस्पर्धामा भक्तपुर जिल्लाका द्वितीय तथा तृतीय स्थान प्राप्त गर्ने पुरुषोत्तम दुवाल र राजेश कक्षपतिलाई नगद पुरस्कारले सम्मान गरेका छन्। 

स्पर्धामा दशौँ स्थानसम्म प्राप्त खेलाडीहरूलाई नगद पुरस्कार वितरण गरिएको कार्यक्रममा ललितपुरका राजेन्द्र बज्राचार्य चौथो, काठमाडौँका सीएम भगवती प्रसाद शर्मा पाँचौं भए।

यस्तै छैठौँ र सातौं स्थानमा भक्तपुरका गणेशमान दुवाल, जगन्नाथ ताम्राकार, काठमाडौँका आशा नारायण लवट आठौँ, काठमाडौँका महेश्वरलाल डंगोल नवौं र जनार्दन श्रेष्ठ  दशौं स्थानमा रहे।

यसैगरी ६० वर्ष माथिको उत्कृष्ट खेलाडी पूर्वनेपाल च्याम्पियन सिएमए नविन तण्डुकार, उत्कृष्ट २५ औं झापा जिल्लाका कृष्ण सिग्देल र १७०० रेटिङ मुनि सिरहाका राज नारायण यादव उत्कृष्ट खेलाडी बन्दै नगद पुरस्कार प्राप्त गर्न सफल भएका छन्।

फिडे इभेन्ट कोड ४३२५३९ रहेको प्रतियोगितालाई ललितपुरका सानुराज बज्राचार्यले निर्देशन गरेका थिए भने भक्तपुरका आईए ज्ञानेन्द्र खाइजुले निर्णायकको भूमिका निर्वाह गरेका छन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →