← समाचारमा फर्कनुस्
Other Sports Sep 24, 2024 · Swadesh

बद्रीलाल नेपाली राष्ट्रिय भेट्रान च्याम्पियन बने ।

बद्रीलाल नेपाली राष्ट्रिय भेट्रान च्याम्पियन बने ।


 धादिङ। नेपाल बुद्धिचाल महासंघ र धादिङ जिल्ला बुद्धिचाल संघको संयुक्त आयोजनामा सम्पन्न भएको छैटौं राष्ट्रिय भेट्रान बुद्धिचाल प्रतियोगिताको उपाधि ललितपुरका बद्रीलाल नेपालीले जितेका छन्। उनले जित संगै ४० हजार नगद, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्। 

          धादिङको थांक्रे गाउँपालिकाले प्रायोजन गरेको प्रतियोगितामा तिन पटकका पूर्व नेपाल च्याम्पियन बद्रीलाल नेपालीले ७ चरणको खेलवाट ६ अंक जोडेर भेट्रान च्याम्पियन बनेका हुन्। बद्रीले २१२४ रेटिङ पर्फोम गर्दै ब्यक्तिगत २८ रेटिङ समेत वृद्धि गर्न सफल भएका छन्। 

     १९३७ रेटेड बद्रीलालले आफ्ना पाँच जना प्रतिद्वन्द्वी विरुद्ध जित हासिल गरेका थिए भने पूर्व नेपाल च्याम्पियन द्वय सिएम नवीन तण्डुकार, एफएम बिलम लाल श्रेष्ठ सँग बराबर खेलेका थिए। 

       होटल महादेववेसि धादिङमा सम्पन्न प्रतियोगितामा पूर्व नेपाल च्याम्पियन सिएम नवीन तण्डुकारले ५.५ अंक जोडेर द्वितीय स्थान प्राप्त गरेका छन्। १८६६ रेटेड सिएम नविनले पाँच खेलमा जित र एक बराबर खेलेका थिए। काठमाडौंका नविनले दोश्रो स्थानमा रहदै नगद २० हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे।

       लामो समय पछि चेस खेलमा पुनरागमन गरेका पूर्व नेपाल च्याम्पियन एफएम बिलमलाल श्रेष्ठ तेश्रो स्थानमा उभिन सफल भएका छन्। ललितपुरका १९८७ रेटेड एफएम बिलमलाल श्रेष्ठले डाइरेक्ट इन्काउन्टर, बुचोल्ज टाइब्रेक गेमप्वाइण्ट कट वान र कट टु , मोष्ट वीन ब्लाकका आधारमा ५ अंक जोडेर तेश्रो भएका छन्। उनले नगद १५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्। 

         भेट्रान राष्ट्रिय प्रतियोगितामा समान ५ अंक बनाएर पनि भक्तपुरका जगन्नाथ ताम्राकार चौथो र ताप्लेजुङका हर्क बहादुर चोङ्वाङ पाँचौ स्थानमा रहन पुगेका छन्। १८१२ रेटेड जगन्नाथले नगद १० हजार नगद प्राप्त गरेका छन् भने १७२० रेटेड हर्क बहादुरले नगद ८ हजार हात पारेका छन्। 

         यस्तै काठमाडौंका १८४३ रेटेड सिएम भगवती प्रसाद शर्माले ४.५ अंक बजाएर छैटौं स्थान ओगटेका छन् । शर्माले नगद ५ हजार प्राप्त गरेका छन् भने भक्तपुरका १८४५ रेटेड गणेशमान दुवाल सातौं स्थानमा रहदै नगद ५ हजार हात पार्न सफल भएका छन्। 

       नेपाल बुद्धिचाल महासंघले २०६६ साल देखि राष्ट्रिय भेट्रान च्याम्पियनसिप प्रतियोगिताको थालनी गरेको थियो। पहिलो संस्करणमा ललितपुरका जगत बहादुर शाक्य , दोश्रो संस्करण २०६८ सालमा ललितपुरका रविन्द्र शाक्य, तेश्रो संस्करण २०७० सालमा काठमाडौंका जनार्दन श्रेष्ठ, चौथो संस्करण २०७४ सालमा ललितपुरका रविन्द्र शाक्य र पाँचौ संस्करण २०७९ सालमा काठमाडौंका बद्रीलाल नेपाली विजयी बनेका थिए । 

           धादिङ जिल्ला बुद्धिचाल संघले यसै अवसरमा ७ चरणको खेल खेलाउदै जिल्ला च्याम्पियन प्रतियोगिता सम्पन्न गरेका छन्। प्रतियोगितामा निराजु लामा ६ अंक सहित प्रथम, मनिष कोइराला ५.५ अंक जोडेर द्वितीय र रमेश हमाल ५ अंक बनाएर तृतीय स्थानमा रहन सफल भएका छन्। जिल्ला विजेताले १५ हजार, उपविजेताले १० हजार र तृतीय हुनेले ५ हजार नगद प्राप्त गरेका छन्। 

       धादिङ जिल्ला थांक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार कार्की र धादिङ जिल्ला बुद्धिचाल संघका अध्यक्ष बिकास कार्कीले पुरस्कार वितरण गरेका छन्। आयोजकले खेलाडीहरुको लागि बसोबास र यातायातको व्यवस्था गरेको जानकारी गराएका छन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →