← समाचारमा फर्कनुस्
नेपालको सुरुआती–११ सार्वजनिक, कप्तान आयुषले पहिलो खेल गुमाउने

काठमाडौं। एएफसी यु–२३ एसियन कपअन्तर्गत ताजकिस्तानविरुद्ध खेलका लागि नेपालकाे सुरुआती ११ सार्वजनिक भएकाे छ। जसमा नेपाली युवा टोलीका कप्तान आयुष घलानले पहिलो खेल गुमाउने भएका छन्।
२०७९ असोज ३ गते बहराइनमा बंगलादेशविरुद्ध भएको एएफसी यु–२० छनोट खेलमा अमर्यादित क्रियाकलाप गरेपछि उनलाई एएफसीले कारबाही गरेको थियो। सोही कारण उनी निलम्बनमा परेका हुन्।
घलानलाई रेफ्री अहमेद इसा मोहमदले सिधै रातो कार्ड देखाएका थिए। त्यसपछि उनी निलम्बनमा परेका हुन्। योसँगै घरेलु टोली ताजकिस्तानविरुद्ध हुने खेलमा नेपाली टोलीको कप्तानी सुमित श्रेष्ठले गर्ने भएका छन्। यस्तै, गोलपोस्टको जिम्मेवारीमा कृशल मोक्तान रहनेछन्।
उनलाई मुख्य प्रशिक्षक नवीन न्यौपानले उपकप्तानी जिम्मेवारी दिएका थिए।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |