← समाचारमा फर्कनुस्
Volleyball Sep 05, 2024 · Swadesh

तेक्वान्दो च्याम्पियन आयशा शाक्य ललितपुर क्विन्सको गुडविल एम्बेसडर

तेक्वान्दो च्याम्पियन आयशा शाक्य ललितपुर क्विन्सको गुडविल एम्बेसडर

ललितपुर क्विन्सले २०१९ दक्षिण एसियाली खेलकुदको दोहोरो स्वर्ण पदक विजेता आयशा शाक्यलाई क्लबको गुडविल एम्बेसडरको रूपमा नियुक्त गरेको छ । ललितपुरकी निवासी आयशाले आफ्नो करियरमा देशका लागि धेरै पदक जितिसकेकी नेपालको दक्ष महिला खेलाडी मध्य एक हुन् ।

‘ललितपुर क्विन्स सँग आबद्ध हुन पाउँदा म असाध्यै खुसी छु,’ आयशाले भनिन्, ‘ललितपुरमा जन्मेर हुर्किँदै गर्दा यस उपत्यकासँग मेरो गहिरो आत्मीयता छ र आज ललितपुर क्विन्ससँग जोडिनु मेरो लागि सौभाग्य र गौरवको क्षण हो ।“ उनले भनिन्, ‘नेपालमा भलिबल लोकप्रिय खेल हो र यसमा जोडिन पाउँदा म निकै उत्साहित छु । साथै वात्सल्य एभरेस्ट महिला भलिबल लिगको लागि ललितपुर क्विन्सलाई मेरो शुभकामना व्यक्त गर्दछु र उपाधि ललितपुरमा भित्रिनेछ भन्ने मलाई विश्वास छ।“

आयशालाई टोलीमा स्वागत गर्न पाउँदा सम्पूणर् ललितपुर क्विन्स परिवार खुसी छौँ । उनको उल्लेखनीय कथा प्रेरणाको स्रोत हो, र उनी खेलकुदमा आफ्नो क्यारियर बनाउने लक्ष्य लिएर अघि बढ्दै गरेका महिला खेलाडीहरुको लागि प्रेरणाको श्रोत हो । हामी विश्वस्त छौँ कि उनको उपस्थितिले हाम्रा खेलाडीहरूलाई प्रेरित गर्नेछ र उहाँहरूको हौसला ठप उच्च हुनेछ । उहाँलाई हाम्रो टोलीमा स्वागत गर्न पाउनु हाम्रो सौभाग्य हो ।

इन्फिनिटी ड्रिम्स प्रा ली द्वारा यही मिति २०८१ साल असोज १४ गते देखि असोज १९ गतेसम्म आयोजना हुन गइरहेको वात्सल्य एभरेस्ट महिला भलिबलको पहिलो संस्करणमा ललितपुरको प्रतिनिधित्व यस ललितपुर क्विन्स भलिबल क्लबले गर्दै छ । राष्ट्रिय भलिबल टोलीकी लिबेरो सलिना श्रेष्ठले हाम्रो टोलीको कप्तानीमा सम्हाल्नेछ । टोलीको प्रशिक्षक उत्सव खड्का छन् ।

टोली: सलिना श्रेष्ठ ‘ए’, पुनम चन्द ‘बि’, कामना विष्ट ‘बि’, साफिया पुन ‘बि’, निशा चौधरी ‘बि’, अनुषा चौधरी ‘सी’, नेहा चौधरी ‘सी’, भावना तामाङ ‘सी’ 

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →