← समाचारमा फर्कनुस्
Top Headlines Aug 23, 2026 · Swadesh

अस्ट्रेलियाको बंगलादेशमाथि इनिङ्स अन्तरले विजयी

अस्ट्रेलियाको बंगलादेशमाथि इनिङ्स अन्तरले विजयी

अस्ट्रेलियाले दोस्रो तथा अन्तिम टेस्टमा आइतबार बंगलादेशमाधि एक इनिङ्स र ५१ रनको जित निकालेको छ ।  यससँगै दुई टेस्टको सिरिज १–१ को बराबरीमा टुंगेको छ । 

पहिलो टेस्ट जितेर बंगलादेशले एतिहासिक प्रदर्शन गरे पनि दोस्रोमा खराब खेल खेल्यो । विशेषतः ब्याटिङमा खराब प्रदर्शन रह्यो । 

बंगलादेश आफ्नो दोस्रो इनिङ्समा ९५ रनमा अलआउट भएपछि अस्ट्रेलिया ठूलो अन्तरले विजयी रहेको हो । कप्तान नजमुल हुसेनले ३१ र मुसफकिर रहिमले २९ रन बनाए । 

अस्ट्रेलियाली बलरमध्ये माइकल स्टार्कले ३९ रनमा चार विकेट लिए । यस्तै प्याट कमिन्स र नथान लियोनले तीन तीन विकेट लिएर स्टार्कलाई बलियो साथ दिए । 

अस्ट्रेलियाले आफ्नो पहिलो इनिङ्समा २ सय १० रन बनाएको थियो । बंगलादेश भने आफ्नो पहिलो इनिङ्समा ६४ रनमै समेटिएको थियो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →