← समाचारमा फर्कनुस्
Cricket Aug 15, 2026 · Swadesh

अस्ट्रेलियालाई हारबाट जोगिन दबाब

अस्ट्रेलियालाई हारबाट जोगिन दबाब

अस्ट्रेलिया र बंगलादेशबीच चलिरहेको पहिलो टेस्टको तेस्रो दिन शनिबार घरेलु टिम हारबाट जोगिन संघर्षरत रहेको छ । डारविनमा भइरहेको टेस्टको तेस्रो दिन समाप्त हुँदा अस्ट्रेलिया अझै ६७ रनले पछाडि छ ।

घरेलु टिमले आफ्नो दोस्रो इनिङ्स सुरु गर्दै ४ विकेटमा १ सय ६१ रन बनाएको छ । त्यसमा एलेक्स क्यारी १९ र क्यामरुन ग्रिन ४३ रन बनाएर खेलिरहेका छन् । हसन महमुदले ३३ रनमा दुई विकेट लिएका छन् ।

त्यस अगाडि बंगलादेशले आफ्नो पहिलो इनिङ्समा अलआउट हुन अगाडि ४ सय २६ रन बनाएको थियो र यस क्रममा पहिलो इनिङ्समा २ सय २८ रनको अग्रता लिएको थियो । अस्ट्रेलिया आफ्नो पहिलो इनिङ्समा १ सय ९८ रन मात्र बनाउन सफल रहेको थियो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →