← समाचारमा फर्कनुस्
एटलेटिकोलाई जितको राहत

खराव लयमा रहेको एटलेटिको म्याड्रिडले बुधबार स्पेनी ला लिगामा रायो भाल्कानोमाथि ३–२ को रोमाञ्चक जित निकालेको छ र यसले उसलाई धेरै राहत दिनेछ ।
यो जितको नायक जुलियन अल्भारेज रहे र उनले आफ्नो ह्याट्रिक पूरा गरे । भाल्कानोविरुद्ध पनि एक गोलले पछाडि रहेको स्थितिबाट एटलेटिको विजयी रहेको हो ।
अल्भारेजले १५, ८० र ८८ औं मिनेटमा गोल गरे । लिगका छ खेलमध्ये एटलेटिकोयो यो दोस्रा जित मात्रै हो र नौ अंक भएको छ । यो नतिजापछि एटलेटिको नवौं स्थानमा उक्लेको छ ।
अर्को खेलमा रियल सोसिडाडले रियल मार्लोकालाई १–० ले पराजित गर्यो र त्यसमा मिकेल ओयारजाबलले दोस्रो हाफको सुरुमै एक मात्र गोल गरे ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |