← समाचारमा फर्कनुस्
एसिया रग्वीलाई ईमिरेट्सको साथ

काठमाडौं । नेपालमा आयोजना हुन गैरहेको एसिया रग्वी सेभेन्सलाई ईमिरेट्सले मुख्य प्रायोजन गरेको छ।
एसियाली रग्वीको सबैभन्दा ठुलो प्रतियोगितालाई ईमिरेट्सले मुख्य प्रायोजकको रुपमा सम्झौता गरेको हो। सम्झौतासँगै प्रतियोगिताको नाम एसिया रग्वी ईमिरेट्स सेभेन्स ट्रफी २०२४ हुनेछ।
एसिया रग्वीको आयोजना र नेपाल रग्वी संघको व्यवस्थापनमा एसिया रग्वी ईमिरेट्स सेभेन्स ट्रफी २०२४ काठमाडौंको दशरथ रंगशालामा आयोजना हुँदैछ।
प्रतियोगिता असोज १८ र १९ गते सञ्चालन हुनेछ। प्रतियोगितामा १७ राष्ट्रको सहभागीता रहनेछ। जसमा पुरुष रग्वी सेभेन्समा १४ र महिला रग्वी सेभेन्समा ८ टिमले सहभागीता जनाउनेछन्। प्रतियोगितामा ४ सय ५० भन्दा धेरै खेलाडी तथा अफिसियलले सहभागीता जनाउनेछन्।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |