← समाचारमा फर्कनुस्
Other Sports Sep 26, 2024 · Swadesh

एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफीमा १७ राष्ट्रको सहभागि

एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफीमा १७ राष्ट्रको सहभागि

काठमाडौ, एसिया रग्बीको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा एसिया रग्बी सेभेन्स दशरथ रंगशालामा आयोजना हुने भएको छ। 

प्रतियोगितामा १७ राष्ट्रको सहभागिता रहने छ जसमा पुरुष तर्फ १४ र महिला तर्फ ८ टिम रहने छन्। प्रतियोगिताका लागि ४५० भन्दा धेरै खेलाडी र अफिसियल नेपाल आउने भएका छन् ।

प्रतियोगितामा नेपाल सहित फिलिपिन्स, बहराईन, काजाकिस्तान, अफगानिस्थान, उजबेकिस्तान, पाकिस्तान, भारत, कतार, साउदी अरेबिया, जोर्डन, बङ्गलादेश, चाईनिज ताईपेइ, श्रीलंका, ग्वाम, इन्डाेनेसिया र इरान रहेका छन्।

पुरूष तर्फ फिलिपिन्स, बहराईन, काजाकिस्तान, अफगानिस्थान, उजबेकिस्तान, पाकिस्तान, भारत, कतार, नेपाल, साउदी अरेबिया, जाेर्डन, बङ्गलादेश, चाईनिज ताईपेइ र श्रीलंकाकाे सहभागिता रहने छ।

महिला तर्फ नेपाल,फिलिपिन्स,भारत,ग्वाम,श्रीलंका,इरान,उजबेकिस्तान र इन्डाेनेसिया बिच प्रतिस्पर्धा हुने छ। नेपालमा हुने एसिया रग्बी सेभेन्स प्रतियोगितालाई इमिरेट्सले मुख्य प्रायोजन गरेको छ । एसियाली रग्बीको सबैभन्दा ठूलो प्रतियोगितासँग इमिरेट्सले मुख्य प्रायोजकमा सम्झौता गरेको हो ।

नेपालमा पहिलो पटक सिनियरतर्फ रग्बीको राष्ट्रिय टोलीको प्रतिस्पर्धा हुन लागेको हो। प्रतियोगिता लिग कम नकआउट प्रणालीमा खेलाइने छ। यसअघि सन् २०२२ मा अन्डर १८ र सन् २०२३ मा अन्डर २० रग्बी दशरथ रंगशालामा नै आयोजना गरिएको थियो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →