एसिया रग्बी इमिरेट्स ट्रफी २०२४ को सम्पूर्ण तयारी पूरा

काठमाडौं । एसिया रग्बी इमिरेट्स ट्रफी २०२४ को सम्पूर्ण तयारी पूरा भएको छ। एसिया रग्बीको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा प्रतियोगिता त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा शुक्रबार र शनिबार आयोजना हुँदैछ।
प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको नेपाल रग्बी संघको अध्यक्ष दीपक देवकोटाले जानकारी दिए। यस प्रतियोगितामा घरेलु टोलीको लक्ष्य उपाधि जित्ने रहेको उनले सुनाए। ‘पोखरामा टोलीले करिब तीन महिनादेखि अभ्यास गरिरहेका थिए। त्यसैले हाम्रो लक्ष्य उपाधि हासिल गर्नेछ,’ उनले भने, ‘पहिलोपल्ट नेपालमा एसियालीस्तरको सिनियर रग्बी प्रतियोगिता आयोजना हुन लाग्दा हामी उत्साहित छौं।’
प्रतियोगितामा एसियाका १६ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन्। जसमा पुरूषतर्फ १४ र महिलातर्फ सात टोली सहभागी हुनेछन् इरानको महिला टोली बुधबार आउने तय थियो। तर, देशमा चलिरहेको आन्तरिक द्वन्दका कारण यस प्रतियोगितामा सहभागी हुने छैन।
प्रतियोगितामा सहभागिता जनाउने नेपाली टोलीको घोषणा भइसकेको छ। नेपाल रग्बी संघले बुधबार महिलातर्फ सिर्जना राई र पुरुषतर्फ विक्रम पुरीलाई कप्तानी जिम्मेवारी दिएको छ।
२०२५ मा हुने एसिया रग्बी सेभेन्स सिरिजको छनोटको रूपमा समेत रहेको प्रतियोगिताको च्याम्पियन टोलीले एसिया रग्बीको ट्रफीसहित स्वर्ण पदक प्राप्त गर्नेछ। दोस्रो हुनेले रजत र तेस्रो हुने टोलीले कांस्य पदकमा चित्त बुझाउने छन्। प्रतियोगिताको विजेताले २०२५ मा हुने एसिया रग्बी सेभेन्स सिरिजमा स्थान बनाउने छन्।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |