एसियन पावरलिफ्टिङ च्याम्पियनसिपको तयारी पूरा

काठमाडौं। नेपाली युथ फिटनेस एन्ड केलिस्थेनिक्सको आयोजनामा एसियन पावरलिफ्टिङ च्याम्पियनसिप प्रतियोगिताको तयारी पुुरा भएको छ।
शुक्रबारदेखि काठमाडौंमा सुरु हुने प्रतियोगिता तीन दिनसम्म नेपाल पुलिस क्लब परिसरमा चल्ने छ। यो प्रतियोगिता नेपालमा पहिलोपटक आयोजना हुन लागेको हो।
प्रतियोगितामा नेपालसहित भारत, अस्ट्रेलिया, श्रीलंका, पाकिस्तानलगायत विभिन्न एसियाली मुलुकका करिब १२० खेलाडी सहभागी हुनेछन्।
प्रतियोगितामा पावरलिफ्टिङ, बेञ्च प्रेस वन्ली र डेडलिफ्ट गरी तीन विधा समावेश रहनेछन्। हरेक विधा १६ वटा तौल समूह (८ पुरुष तर्फ र ८ महिला तर्फ) र २४ वटा उमेर समूह (१२ पुरुष तर्फ र १२ महिला तर्फ) मा विभाजन गरिएको छ। यसरी यस प्रतियोगितामा कुल एक हजार १५२ वटा फरक फरक समूहमा सहभागी खेलाडीबीच प्रतिस्पर्धा गराइनेछ ।
प्रतियोगितामा प्रत्येक समूहका प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने खेलाडीलाई पदक, ट्रफी र आकर्षक उपहार प्रदान गरिनेछ। साथै लक्की ड्रमार्फत पाँच जना खेलाडीलाई प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको १० लाख रुपैयाँ बराबरको एक वर्षे बीमासमेत प्रदान गरिने आयोजकले जनाएको छ।
नेपालमै पहिलोपटक कुनै निजी संस्थाले एन्टिडोपिङ परीक्षणसहित अन्तर्राष्ट्रिय मापदण्डअनुसार पावरलिफ्टिङ प्रतियोगिता आयोजना गर्न लागेको हो। कार्यक्रमको अनुमानित बजेट ८६ लाख ५० हजार रहेको छ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |