← समाचारमा फर्कनुस्
Other Sports Sep 17, 2025 · Swadesh

एसियाली खेलकुदका लागि ४ सय ३४ खेलाडी संख्या दर्ता

एसियाली खेलकुदका लागि ४ सय ३४ खेलाडी संख्या दर्ता

नेपाल ओलम्पिक कमिटी (एनओसी) ले जापानको आइची र नागोयामा हुने २० औं एसियाली खेलकुदमा ३२ खेलका कुल ४ सय ३४ खेलाडी संख्या दर्ता गरेको बुधबार जनाएको छ । त्यसमा २ सय ३९ पुरुष र १ सय ९५ महिला खेलाडीको संख्या रहेको छ ।


आउँदो एसियाली खेलकुद सन् २०२६ को सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म हुँदैछ । हिजो सेप्टेम्बर १६ सम्म सहभागी हुने देशले खेल र त्यसमा सहभागी हुने खेलाडीको संख्या दर्ता गर्नु पर्ने थियो । यसअघि ३० खेलमा सहभागी हुने दर्ता भएकोमा त्यसमा तेक्वान्दो र फुटबल पनि समावेश गरेर ३२ खेल पुर्‍याएको छ ।


यस्तै म्याराथनमा एक पुरुष र एक महिला खेलाडी संख्या पनि पठाएको छ । एनओसीले खेलाडीको खेल संख्या सहित दर्ताका लागि युवा तथा खेलकुद मन्त्रालय तथा राष्ट्रिय खेलकुद परिषदमा पत्राचार गरे पनि तिनीहरू प्रतिक्रिया नदिएको पनि जनाएको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →