← समाचारमा फर्कनुस्
Top Headlines Sep 24, 2023 · Nepalsports

एसियाली खेलकुदको भब्य उद्घाटन

एसियाली खेलकुदको भब्य उद्घाटन

एसियाली खेलकुदको १९ औं संस्करणको शनिबार एक भब्य समारोहबीच उद्घाटन भएको छ । चीनको हाङझाव ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा चीनका राष्ट्रपति सि चिन फिङले हाङझाव एसियाडको औपचारिक उद्घाटन गरे ।

 उद्घाटन समारोहमा भएको सहभागी ४५ राष्ट्र टोलीको मार्च पास्टमा नेपालको तर्फबाट तेक्वान्दोका वीरबहादुर महरा र उसुकी निमा घर्ती मगरले राष्ट्रिय झण्डा बोकेका थिए । दुवै नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णधारी हुन् । मार्च पास्टमा वर्णानुक्रम अनुसार पहिले अफ्गानिस्तानको टोली रंगशालाको ट्रयाममा प्रवेश गरेको थियो । म्यानमारपछि राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव एवं नेपाली टोलीका चिफ दि मिसन टंकलाल घिसिङसहितको नेपाली टोली रंगशाला प्रवेश गरेको थियो ।


नेपालबाट २ सय ५३ खेलाडी विभिन्न २९ खेलमा सहभागी छन् । शनिबार उद्घाटन भएपनि प्रतियोगिताका खेलहरु केहि दिन अगाडि नै सुरु भएको थियो । नेपाली पुरुष भलिबल टोली समूह चरणको खेलमा बहराइन् र इरानसंग पराजित हुँदै बाहिरिएको छ ।

नेपालले आइतबार उसु, जुडो, पौडी, इ स्पोर्ट्स, लनटेनिस, महिला ह्यान्डबल, पुरुष रग्बी, बक्सिङ, तेक्वान्दो, टेबलटेनिस र सुटिङमा प्रतिस्पर्धा गर्ने छ । 

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →