← समाचारमा फर्कनुस्
एसियाडका लागि ४ टेनिस खेलाडी छनोट

काठमाडौं, जेठ २८ गते । चीनको होङझावमा हुने १९ औं एसियाली खेलकुदका लागि टेनिसको अन्तिम छनोट आइतबार सम्पन्न भएको छ ।
सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा नेपाल टेनिस संघले आयोजना गरेको प्रतियोगिताबाट पुरुष÷महिलामा समान २–२ गरी ४ खेलाडी छनोट भएका छन् ।
पुरुषमा अभिषेक बाँस्तोला र प्रदीप खड्का तथा महिलामा अभिलाषा विष्ट र माहिका राणा क्रमशः शीर्ष २ मा रहँदै एसियाड सहभागिता निश्चित गरे ।
पाँचदिने छनोटको पुरुषमा ९ तथा महिलामा ७ जनाले राउन्ड रोविन लिग पद्धतिमा प्रतिस्पर्धा गरेका थिए ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |