← समाचारमा फर्कनुस्
Football Sep 13, 2025 · Swadesh

जुबिमेन्डीको दुई गोलमा आर्सनल विजयी

जुबिमेन्डीको दुई गोलमा आर्सनल विजयी

मार्टिन जुबिमेन्डीको दुई गोलको मदतले आर्सनलले इंग्लिस प्रिमियर लिगमा शनिबार नटिङघम फरेस्टलाई सजिलै ३–० ले हराएको छ । यो जितसँगै कम्तीमा एक दिनका लागि गोल अन्तरको आधारमा अंक तालिकाको शीर्षमा उक्लेको छ । उसको चार खेलबाट नौ अंक भएको छ ।


लिभरपुलको पनि समान नौ अंक छ र उसले आइतबार बर्नलीको भ्रमण गर्दैछ । फरेस्टले भने अस्ट्रेलियाली एन्गे पोस्टेकोग्लुलाई नयाँ प्रशिक्षकको रूपमा नियुक्त गरेयता पहिलो खेलेको हो र त्यसमा पराजित रह्यो । फरेस्ट चार खेलबाट चार अंकमा सीमित छ र ११ औं स्थानमा छ ।


इमिरेट्समा भएको खेलमा स्पेनी मिडफिल्डर जुमिमेन्डीले ३२ औं मिनेटमा पहिलो गोल गरे भने ७९ औं मिनेटमा आफ्नो दोस्रो गोल थपे । उनको पहिलो गोल भलि प्रहारमा सम्भव भएको थियो भने दोस्रो गोलका लागि हेड गरे । त्यसबीच भिक्टर ग्योकेरेसले ४६ औं मिनेटमा अर्को गोल गरे ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →