← समाचारमा फर्कनुस्
Football Sep 25, 2025 · Swadesh

आर्सनल र सिटीको जित

आर्सनल र सिटीको जित

इंग्लिस लिग कपमा बुधबार भएको तेस्रो चरणको खेलमा आर्सनल र म्यानचेस्टर सिटीले सजिलो जित निकालेका छन् । आर्सनलले पोर्ट भेललाई र म्यानचेस्टर सिटीले हडर्ससफिल्ड टाउनलाई समान २–० ले हराउन सफल रह्यो ।


बुधबारको खेलमा कुनै अप्रत्यासित नतिजा पनि निस्केन् र मैदानमा उत्रेका चारै प्रिमियर लिग क्लब विजयी रहे । आर्सनलको जितमा इबेरची इजले ८ र लियोन्ड्रो ट्रोसार्डले ८६ औं मिनेटमा एक एक गोल गरे ।


सिटीका लागि भने फिल फोडेनले १८ र साभिओले ८४ औं मिनेटमा गोल गरे । यस्तै अन्य खेलमा न्युकासल युनाइटेडले ब्राडफोर्ड सिटीलाई टोटनहमले डोन्कास्टर्स रोभर्सलाई समान ३–० ले पराजित गरेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →