← समाचारमा फर्कनुस्
टोटनहममाथि आर्सनल हाबी

आर्सनलले उत्तरी लन्डन डर्बीमा आइतबार टोटनहममाथि प्रभावशाली ४–१ को जित रच्दै इंग्लिस प्रिमियर लिगको शीर्षमा ५ अंकको अग्रता लिएको छ । यो जितपछि आर्सनलको ६१ अंक भएको हो । उसको पछाडि म्यानचेस्टर सिटी ५६ अंकमा दोस्रोमा रहेको छ ।
टोटनहममाथि हाबी रहने क्रममा आर्सनलका लागि इबेरची इजी र भिक्टर ग्योकेरेसले दुई दुई गोल गरे । टोटनहमका लागि रान्डल कोलो मुनीले एक गोल फर्काए, तर त्यो सान्त्वना गोल भन्दा बढी केही सावित भएन् ।
अको महत्त्वपूर्ण खेलमा लिभरपुलले नटिंघम फरेस्टलाई १–० ले हरायो र आफ्नो शीर्ष चारको सम्भावनालाई कायम राख्यो । लिभरपुल ४५ अंकमा छैटौं स्थानमा छ । यस्तै क्रिस्टल प्यालेसले उल्भ्सलाई १–० ले हरायो ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women