आर्सनललाई नौ अंकको अग्रता

आर्सनलले इंग्लिस प्रिमियर लिगमा शनिबार एभरटनमाथि २–० ले नाटकीय जित रच्दै उपाधि होडमा आफूलाई अझ बलियो बनाएको छ । अर्को खेलमा म्यानचेस्टर सिटी वेस्ट ह्यामको हातबाट १–१ को बराबरीमा रोकिएपछि आर्सनललाई अझ फाइदा भएको हो ।
अब आर्सनलले शीर्ष स्थानमा नौ अंकको अग्रता लिएको छ र २२ वर्षयता पहिलो पटक लिग जित्ने सम्भावना धेरै बलियो भएको छ । खेल बराबरीतर्फ अग्रसर भएको बेला भिक्टोर ग्योकेरेसले ८९ औं मिनेटमा गोल गर्दै आर्सलनलाई अग्रता दिलाए ।
लगतै इन्ज्युरी समयमा १६ वर्षीय म्याक डेमनले दोस्रो गोल थपे र उनी प्रिमियर लिगमा गोल गर्ने सबैभन्दा कान्छा खेलाडी पनि बने । सिटीले बर्नाडो सिल्भाको गोलले अग्रता लिएको थियो । वेस्ट ह्यामका ालगि कोन्स्टानटिनोस माभ्रोपोनोसले बराबरी गोल गरे ।
अन्य खेलमा न्युकासल युनाइटेडले चेल्सी तथा ब्राइटनले सन्डरल्यान्डलाई समान १–० ले हरायो । बर्नली र बर्नमाउथले भने १–१ को बराबरी खेले । वेस्ट ह्यामले भने रेलिगेसन क्षेत्र छाडेको छ ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women