← समाचारमा फर्कनुस्
२३ औं आहारारा गोल्डकपको उपाधि आर्मीलाई

आर्मी क्लबले २३ औं आहारारा पोखरा गोल्डकपको उपाधि जितेको छ । आज भएको फाइनलमा थ्रीस्टार क्लबलाई ३–० ले पराजित गर्दै उपाधि जितेको हो ।
आर्मीको जितका लागि जिलेप्सीजंग कार्की, फत्तेमान घले र वसन्त जिम्बाले समान एक एक गोल गरेको थियो।
खेलको ३८ औं मिनेटमा आर्मीका जिलेप्सीजंगले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
कर्नर किकमा जिलेप्सीले हेड गर्दै बललाई जाली चुमाएको थियो।
खेलको ८३ औं मिनेटमा आर्मीका फत्तेमान घलेले गोल गर्दै २-०को अग्रता बनाए ।त्यस्तै खेलको ९४ औं मिनेटमा वसन्त जिम्बाले गोल गर्दै टोलीको जित सुनिश्चित पारे । उनले इन्जुरी टाइमको अन्तिम समयमा गोल गरे।
आहा रारा गोल्ड कपमा आर्मी र थ्रीस्टारबीच यसअघि २०७५ सालको फाइनलमा भेट भएको थियो । आहारारामा यसअघि अन्तिमपटक दुवै टिम २०७५ सालमा सँगै भिडेका थिए ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |