TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Cricket Apr 02, 2026 · Swadesh

आर्मीको सहज जित

आर्मीको सहज जित

काठमाडौं। प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताअन्तर्गत त्रिभुवन आर्मी क्लबले उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्दै १८५ रनको लक्ष्य २९.२ ओभरमै ४ विकेट गुमाएर पूरा गरेको छ।


बिहिबार जनकपुरमा सम्पन्न खेलमा आर्मीले घरेलु टोली मधेस प्रदेशलाई ६ विकेटले पराजित गरेको हो। जितसँगै अपराजित आर्मीले पाँच खेलबाट ९ अंक जोडेको छ।


आर्मीको जितमा त्रितराज दासले शानदार अर्धशतक प्रहार गरे। उनले ७२ बलमा ७ चौका र ३ छक्काको मद्दतले ६९ रन बनाए। कप्तान बिनोद भण्डारीले २९ बलमा ३२ रन जोड्दै टोलीलाई राम्रो सुरुआत दिलाए।


मध्यक्रममा कुशल मल्लाले २४ रन तथा भिम शार्कीले ८ रनको योगदान दिए। अन्त्यतिर बसिर अहमद ३९ बलमा ४१ रनमा अविजित रहँदा आर्मी सहज जिततर्फ अग्रसर भयो। अर्जुन साउद १ रनमा नटआउट रहे।


बलिङतर्फ मोहम्मद आदिल आलमले २ विकेट लिए भने पवन सर्राफ र बिशाल शुस्लिङले समान १र१ विकेट लिए पनि टोलीलाई जितबाट रोक्न सकेनन्।


त्यसअघि टस हरेर पहिले ब्याटिङ थालेको मधेसले ४८.३ मा सबै विकेट गुमाएर १८४ रन बनाएको थियो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →